माओवादी केन्द्रले सल्यानका ७ पालिकामा छान्यो सर्वसम्मत उम्मेद्‍वार

९ वैशाख, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिका मध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरैको दाबी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारीलाई प्रमुखको उम्मेद्‍वार बनाउन सिफारिस गरिएको हो । […]