सम्झौता अवधि बाँकी छँदै कमला नदीको पुल निर्माण

सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । कालिका–रसुवा–ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुल निर्माणकार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो । तोकिएको समयभन्दा एक वर्षअघि पुल निर्माण भएपछि स्थानीयसमेत उत्साहित भएका छन् । २०७४ मंसिर २७ गते ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका–९ र ११ जोडने कमला नदीमा पुल निर्माणको काम सुरु भएको थियो ।