बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र पूर्व राजाले दिए महारानी एलिजाबेथप्रति श्रद्धान्जली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारी बिहीबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र सरकारको तर्फबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली र त्यहाँका नागरिकलाई धैर्य रहन […]

एलिजाबेथको निधनप्रति राष्ट्रपतिबाट दुख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । शुक्रबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेकी हुन् । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको […]

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्। बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको ७० वर्ष भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महारानीसँग २०१८ मा भेटे, त्यसबेला लन्डनमा उनको विरोधमा ठूलो प्रदर्शन भएको थियो।

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती महारानी एलिजाबेथलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई भेट्ने भएका छन्।