काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ ।यही साउन २ गतेदेखि चलिरहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज सोमवार उहाँले उठेका प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।’महामन्त्री थापाले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्ल...