युरोकपमा आज तीन ठूला खेल हुँदै

विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरू हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।