संसद्लाई आराेप–प्रत्याराेप र व्यङ्ग्य गर्ने थलाे बनाउन हुँदैन : गाेकर्ण विष्ट

गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद्लाई राजनीतिक दलहरूको आरोप प्रत्यारोप र व्यङ्ग्य गर्ने थलो बनाउन नहुने बताउनुभएको छ । उहाँले दलहरू राजनीतिक दाउपेज र खिचातानीबाट माथि उठेर नागरिकका आधारभूत समस्या समाधान गर्न साझा ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।  मङ्गलवार मुसिकोट नगरपालिका १ अरेवाकाे जनज्योति माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् १२ कोठे विद्यालय भवनको उद्घाटन गर्दै विष्टले राजनीति नागरिककाे समृद्धिका लागि भएको भन्दै दलहरूले नागरिकका आधारभूत समस्या समाधान...