प्रचण्डको प्रश्नः गठबन्धन तोड्छौ भने एमसीसी पास गर्दिन्छु भन्ने कस्तो राजनीति हो यो?

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले सत्ता गठबन्धन तोड्यो भने एमसीसी पनि पास गरिदिने र कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न दिने प्रस्ताव गरेको बताएका छन्। शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘जसले सदन अवरुद्ध गर्‍यो, जसले पटक–पटक विघटन गर्‍यो, उसले भन्या छ– तिमीहरु गठबन्धन तोड्छौ भने […]

सम्बन्धित सामग्री

एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिग