विश्व बैंकले जलवायु परिवर्तनलाई नेपालले आफ्नो विकास रणनीति कार्यक्रममा एकीकृत गर्नुपर्ने धारणा व्यक्त गरेको छ । बैंक समूहद्वारा प्रकाशित नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन ‘कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट फर नेपाल’ले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव दिएको हो । नेपालका आपूर्ति श्रृखंला, कृषक र शहरी बासिन्दाहरू यसअघि न