लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
१४ जेठ, काठमाडौं । पछिल्लो ८ महिनामा मात्र झण्डै २० अर्बको औषधि आयात भएको पाइएको छ । र, आयात विगतका वर्षहरुमा भन्दा बढ्दो दरमा छ ।
आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को प्रथम आठ महिनामा भारत, चीन र तेश्रो मुलुकबाट नेपालमा कुल १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको …