१६ करोड हिनामिना प्रकरण : बैंकका उच्च कर्मचारी अनुसन्धानको घेरामा

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ।बैंककै कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि मंसिरको पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैंकमा विगत ६ वर्षदेखि  फर्जी कारोबार बनाएर रेमिट्यान्सको १६ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो।करोडौं