नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।
गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।