काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशम जङ्ग शाहले उम्मेदवारी दिएका छन्। चलचित्रकर्मी बाहेक शाह एक समाजसेवी हुन भने उनि कृषक पनि हुन्।अहिले अमेरिकाको न्यूयोर्क सहरमा बस्दै आएका शाहले सङ्गठनमा भएका विकृति, विसंगतिविरुद्ध आवाज उठाउनका लागि पनि आफुले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए।उनले विदेशमा रहेका हाम्रा सन्ततिलाई भाषा, संस्कृति र संस्कार अनिवार्य गर्नका लागि पनि