काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे । अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेन...