काठमाडौं । ग्रानिट साकाको निर्णायक गोलप्रेरित आर्सनलले बिहीबार पीएसभी एइन्डोभनलाई १–० ले पराजित गर्दै दुई खेलअगावै युरोपा लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
घरेलु मैदान इमिरेट्स रंगशालामा साकाले ७१औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । साकाले टेकहिरो टोमियासुको पासमा भली गोल गरेका थिए ।
युरोपा लिगको...