काठमाडौं : सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भीर संकट देखा पर्ने खतरा रहेको बताएका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भीर अवस्थामा धकेल्दै लगेको बताएका हुन्।
सांसदहरुले भारतले नाकाबन्दी लगाउला कि भनेर शंका पनि गरेका छन्।