झापा : झापामा छुट्टाछुट्टै दुर्घटना परी शनिबार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवलमा करेन्ट लागेर र बिर्तामोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।कचनकबल गाउँपालिका २ का ७३ वर्षीया गङ्गादेवी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।त्यस्तै बिर्तामोड नगरपालिका