एनसेलको सहकार्यमा आयोजित ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन सम्पन्न, प्रथम पुरस्कार टिम कोडलाई (तस्बिर)

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सफलताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरूले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरूमा काम गरेका छन्।