कोरोना अपडेट : आज संक्रमितभन्दा निको हुने धेरै

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ हजार ९ सय ७२ जनाको  पिसिआर र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार ५ सय ५९ सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित सामग्री

कोरोना अपडेट : ५३ जना सङ्क्रमित थपिए, ५१ जना निको भए

नेपालमा देशभर सक्रिय  कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ५१ जना निको पनि भएका छन् । १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

कोरोना अपडेट : सङ्क्रमित हुनेभन्दा निको हुने बढी

देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्

कोरोना अपडेट : संक्रमित हुनेभन्दा निको हुने बढी

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।यही अवधिमा थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।

कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे भने १६९ जनाको मृत्यु भएको थियाे । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।