कथा : मिजुकीको पीडा

मिजुकीले आज साँझसँगै खाना खाउँ भनेकी हुनाले तयारी अवस्थामा थिएँ । लगत्तै उसको फेरि फोन आयो । ‘मरहठ्ठा आज नेपाली खाना खानुपर्छ है,’ उसले भनी । यसरी खाना खाने कार्यक्रम हुँदा अन्य खाना खाने दिनमा उसैले रोजेको ठाउँमा जाने गरे पनि नेपाली खाना खाने दिनमा मैले भनेको ठाउँमा जाने चलन थियो । ‘ठिकै छ नि त आज जेठोबूढो भान्साघरमा जाउँ न त,’ मैले प्रस्ताव राखें । उसले स्वीकार गरी र भनी, ‘जानुभन्दा अगाडि राम्रो गिफ्ट शपमा पनि पस्नु पर्नेछ, त्यसैले छिटो निस्क ल ।’मिजुकीसँग भ