वार्ता गर्ने तयारीमा क्यान, ‘पर्ख र हेर’ को रणनीतिमा खेलाडी

चारजना राष्ट्रिय क्रिकेट खेलाडीलाई पदमुक्त गरेपछि चौतर्फी दबाबमा परेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले खेलाडीहरूसँग वार्ता गर्ने तयारी सुरु गरेको छ । वार्ताका लागि क्यानले खेलाडीहरूसँग सम्पर्क गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले रातोपाटीलाई जानकारी दिए ।गत मङ्सिर २९ गते क्यानले अनुशासन उल्लङ्घन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सहभागी नगराउने निर्णय गरेको थियो । तर, क्यानको उक्त निर्णय विवादि