संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकालसँगै उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ । हाल उहाँहरू दुबै निवासमै आइसोलेशनमा हुनुहुन्छ । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । …