काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ । चुनावमा भाग लिएका राजनीतिक दलहरू विभिन्न एजेन्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावका कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन् । यद्यपि घोषणापत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन् ।
आउँदाे चुनावमा पनि दलहरूले समावेश गरेका खेलकुदका एजेन्डाले सम्बोधन पाउन सक्लान् त ? प्रजातान्त्रिक अभ्यासको पाटो चुनावमा देश जाँदै गर्दा खेलकुद क्षेत्रलाई कसरी सम्बोधन गरिँदैछ भनेर त्यस क्षेत्रसँग जाेडिएका अधिका...