आन्दोलनरत ईन्जिनियर काममा फर्कन बुँदे सहमति

काठमाडौं। विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन्। आइतबार प्राधिकरण र प्राविधिकहरुबीच ७ बुँदे सहमती भएसँगै प्राविधिकहरु काममा फर्किने भएका हुन्। दुवै पक्षबीच प्राविधिकहरु नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको हो।