रामबाबु गुरुङ र सुजित बिडारी ‘वर्ष फिल्म निर्देशक’ घोषित

काठमाडौं । रामबाबु गुरुङ र सुजित बिडारी नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित भएका छन् । आइतबार आयोजित चलचित्र निर्देशक समाजको १६ औं वार्षिक साधारण सभामा निर्देशकद्धयलाई पुरस्कृत गरियो । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार २०७९ सालमा रिलिज भएको गुरुङ निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक कमाउने फिल्मको इतिहास रचेको थियो । बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ […]