काठमाडौँ- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै […]