अब पर्यटकले पनि नेपालमा 'क्यूआर काेड' बाट भुक्तानी गर्न सक्ने

काठमाण्डाै – भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा 'क्यूआर कोड' बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् ।  हिजाे बिहीवार काठमाण्डाैमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे र भिसाको कारोबारलाई सहज बनाउनका लागि नबिल बैंकले सहकार्य गरेको छ । फोन पेले भिसासँगकाे सहकार्यमा भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा 'क्यूआर' बाट भुक्तानी गर्न सक्ने गरी क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्‍याएकाे छ । फोनपेका सहायक प्रमुख कार्यक...