साताको पहिलो दिन आज आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो । खासगरी, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा तोकेपछि बजार घट्न सुरु गरेको थियो ।राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । यस्तै, एक लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ मात्र लिन पाउँछन् ।कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १४९ अंकको ग