फुटबलका ‘प्रेरणा स्रोत’ चन्द्रेश्वर

भारतसँग सीमा जोडिएको विराटनगरको मिल्स एरिया मुलुकको पहिलो औद्योगिक क्षेत्रको नामले चिनिन्छ । विसं १९९३ मा मुलुकको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएपछि यो ठाउँको नाम मिल्स एरियामा परिणत भएको थियो । अहिले यो स्थानमा एउटै उद्योग नभए पनि यसलाई मिल्स एरिया नै भनिन्छ ।