पोल भाडाबापत डेढ करोड संकलन

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् पोल प्रयोग गरेबापत एक करोड ५७ लाख ३९ हजार ९७३ शुल्क संकलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट भाडा रकम भुक्तानी गराइएको हो ।       भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा.लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।      यस्तै, ब्रोडलिङ्क, वेबसर्फर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एनसेलले पोल प्रयोगबापतको राजस्व बुझाएका हुन् । उनका अनुसार जिल्लामा अझै सीम टिभी र क्लासिटेक कम्युनिकेशनले ३०/३० लाख बुझाउन बाँकी रहेको छ । अन्य ससाना कम्पनीहरू पनि रहेको र उनीहरू राजस्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरूले पोल भाडा बुझाउन थालेका हुन् । रासस