युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्लोभान ब्राटिसलाभामाथि फराकिलो जित निकालेको छ । स्लोभाकियाको नेसनल फुटबल स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिसलाभालाई ४-० गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इल्के गुन्डोगन, फिल फोडेन, एर्लिङ हालान्ड र जेम्स म्याकएटीले गोल गरे । खेलको आठौँ मिनेटमा गुन्डोगनले गोल गर्दै म्यानचेस्टर...