पोखरा – नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सचिवमा गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । होटल व्यवसायी रहेका थापा कांग्रेससँग आवद्ध भएर राजनीतिमा आएका हुन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ९ गते पोखरामा हुने अधिवेशनमा थापाले उम्मेदवारी दिएका हुन् । पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित थापा विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघमा […]