मुग्लिन–पोखरा सडक विस्तार, पूर्वी खण्डमा ९ किमी कालोपत्र

दमौली : पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ४२ प्रतिशत प्रगति हासिल भएको हो।सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अघि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ४१.५ किलोमिटर खण्डमध्ये हालसम्म ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए। त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबार&nbs

सम्बन्धित सामग्री

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कुल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन शुरु गरेका छन् ।  पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । डिजाइनअनुरूप सडक दायाँबायाँ २३÷२३ मिटर चौडा हुनेछ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ ।  आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उक्त सडकअन्तर्गत चार लेनको बाह्र किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो ।  पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।  उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट ६ महीना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए ।  त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किमी दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको छ । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।  पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । विसं २०७८ भदौदेखि काम शुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । रासस

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

दमौली (तनहुँ), ६ पुस । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र […]

मुग्लिन-पोखरा सडक : आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

दमौली– मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ ।   मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनले भने, ‘एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर […]

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्र

दमौली- पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्...

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्र

दमौली- पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्...

मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सम्पन्न

दमौली– मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो ।  पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड […]

मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र

मुग्लिन–पोखरा सडक खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तार

तनहुँ, ६ भदौ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ । पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो । पूर्वी सडक खण्डमा दुई हजार एक सय किलोमिटर दूरीमा कालोपत्र […]