पोखराका सञ्चारकर्मी पौडेलको निधन

पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो ।  ४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या नरहेको अस्पतालले जनाएको छ । पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।  

सम्बन्धित सामग्री