पर्यटक आगमन बढेसँगै होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन समूहका पाँच कम्पनी सूचीकृत छन् । पाँच कम्पनीकोे चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणअनुसार गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफामा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीको संक्रमण घटेसँगै पर्यटकहरूको आगमन बढेकाले होटल तथा पर्यटन समूहको नाफामा वृद्धि भएको हो ।  पाँच कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरूले गत आवमा कुल रू. १ अर्ब ९३ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ७९ करोडभन्दा बढी पुगेको हो ।  चालू आवको तेस्रो त्रैमाससम्म पाँच कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी रू. ३७ करोड ११ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २४१ दशमलव ७९ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १० करोड ८५ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटल्सले रू. २३ करोड ८८ लाख नाफा कमाएको छ ।  ओरियण्टल होटल्सले गत आवमा १० करोड ५२ लाख नोक्सानी व्यहोरेकोमा चालू आवमा रू. ६ करोडभन्दा बढी नाफा कमाएको हो । त्यसैगरी गत आवको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी नोक्सानीमा रहेको चन्द्रागिरि हिल्सले पनि चालू आवको सोही अवधिमा रू. ७ करोड ७७ लाख नाफा कमाएको छ । कालिञ्चोक दर्शन लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्म रू. २ करोड २७ लाख नाफा कमाएको छ ।

सम्बन्धित सामग्री

पर्यटक आगमनले गति लिँदै

फेब्रुअरीलाई विदेशी पर्यटक आगमन हुने महिना मानिन्छ। डिसेम्बरदेखि जनवरीसम्म सुस्ताउने पर्यटन क्षेत्र फेब्रुअरी लागेपछि बिस्तारै उकालो लाग्न थाल्छ। पर्यटक आगमन वृद्धिले यो वर्ष पनि निरन्तरता पाउने देखिएको छ। आगमन वृद्धिदर हेर्दा पर्यटन क्षेत्रले गति लिँदै ग...

पर्यटक आगमन मासिक औसत साढे ४९ हजार नाघ्यो

१५ मंसिर, काठमाडौं । नेपालमा पर्यटक आगमन प्रतिमहिना औसत ४९ हजार ६५६ जना पुगेको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै जनाए अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यसअनुसार प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएको देखिन्छ । पछिल्लो ६ […]

मनास्लुमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटक आगमन बढ्न थालेसँगै पर्यटन व्यवसायीहरू खुसी भएका छन् । कोभिडका कारण लामो समयदेखि पर्यटक आउन छाडेपछि धराशायी बनेका व्यवसायीमा अहिले पर्यटन आगमन बढ्न सुरु गरेसँगै खुसी...

पर्यटन बोर्डले सच्यायो पर्यटक आगमन तथ्यांक, अप्रिलमा आए ५८,३८४

१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ । अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको […]

अप्रिलमा घट्यो पर्यटक आगमन, ३५ हजार मात्र आए

१९ वैशाख, काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ । मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् […]

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।  नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनाम

पर्यटक आगमन घटेको वर्ष पर्यटन आयमा सुधार

९ माघ, काठमाडौं । सन् २०२१ मा पर्यटक आगमनमा ठूलो गिरावट आयो । खासगरि सन् २०२० को पहिलो दुई बीना अवरोध पर्यटक आगमन भएको थियो । तर, सन् २०२१ मा भने शुरुवाती महिनाबाटै कोरोना भाइरसको महामारीले आगमन प्रभावित बनाएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ३४.९ प्रतिशत […]

सुध्रिँदै विदेशी पर्यटक आगमन

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ। सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थालमार्गबाट भित्रिएका हुन्। ती मध्ये अधिक पाहुना ...

पर्यटक नआउँदा हस्तकलाका सामग्रीको बिक्री घट्दो

पछिल्लो डेढ वर्षदेखि विदेशी पर्यटक आउने क्रम रोकिएसँगै नेपालमा हस्तकलाका सामग्रीको बिक्री निकै घटेको छ । कोरोना महामारीका कारण २०७६ चैतयता पर्यटक आगमन नगण्य छ । कोभिड महामारीका सुरुवाती महिना शून्यजस्तै रहेको पर्यटक आगमन त्यसयता पनि उल्लेख्य बढ्न सकेको छैन । यसको असर पर्यटन क्षेत्रमा मात्र नभई हस्तकलाका क्षेत्रमा पनि परेको छ ।व्यवसायीहरुका अनुसार नेपाली […]

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो पर्यटक आगमन

१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि आगमन बन्द गरिँदा ठप्पप्राय रहेको पर्यटक आगमन निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ ।  अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जुलाई २०२१ को एक महिनाको अवधिमा २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या भारतबाट हवाई मार्गबाट आएका यात्रु, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, […]