काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन्। त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता