काठमाडौं: कोरोना महामारीका कारण समयमै चिकित्सकको सम्पर्कमा नपुग्दा क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्। समयमै उपचार नगर्दा पछिल्लो समय तेस्रो र चौथों स्टेजमा पुग्ने क्यान्सर बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका क्यान्सर रोग उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेश आचार्यले कोरोना महामारीका कारण उपचार गराइरहेका बिरामीहरू मर्कामा परेको बताए।‘कोरोनाको समयमा क्यान्सरका धेरै बिरामीले समयमानै उपचार पाएन