सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टाएका हुन् ।उनले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने बताए । अनिवार्य रुपमा मन्त्रिप