काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ। ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको परिवारका सदस्यले बताएका छन् ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । पारिवारिक स्रोतका अनुसार बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।
शर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।