मोटा कुस्तीबाज

जापानको परम्परागत कुस्ती सुमोलाई आवश्यक शरीर भनेको अत्यधिक मोटो हुनु नै हो । जापानमा यो खेलको प्रशिक्षण लिन अन्य देशका खेलाडीहरूसमेत पुग्ने गरेका छन् । १५ औं शताब्दीदेखि जापानमा खेलिन थालेको सुमोका खेलाडीहरूको शरीर जति आकर्षक हुन्छ उनीहरूको खानपिन एवं जीवनशैली पनि त्यत्तिकै नौलो हुन्छ ।