काठमाडौं: नेपाली क्रिकेट टोली यतिबेला क्यानडामा छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा सिरिजको तयारीमा नेपाली टोली क्यानडा पुगेको हो। क्यानडामा नेपालले स्थानीय क्लबसँग एक खेल खेलिसकेको छ भने दुई खेल क्यानडाको टोलीसँग खेल्ने तालिका छ। त्यस्तै एक खेल स्थानीय क्लबसँग टी २० अभ्यास खेल पनि हुनेछ। त्यसपछि नेपाल स्कटल्याण्ड प्रस्थान गर्नेछ।…