हलिउडको ब्लकबस्टर फिल्म अवतार पुनः इतिहासमै सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । चीनमा फिल्म पुनः रिलीज गरिएपछि यो उपलब्धि हासिल भएको हो ।
सन् २००९ मा आएको फिल्म एक दशकसम्म बक्स अफिसमा राज गरिरहेको थियो भने सन् २०१९ मा मार्भलको एभेन्जर्स : एन्डगेमले उसलाई उछिनेको थियो ।
तर संसारको सबभन्दा ठूलो बजार चीनमा अवतार पुनः रिलीज गरिएपछि यसले २.८ अर्ब डलरभन्दा बढी कमायो ।
कोरोना महामारीका कारण लगाइएको लकडाउनपछि अन्य देशको तुलनामा चीनमा फिल्म प्रदर्शन जोडतोडका साथ भइरहेको छ ।
...