४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए । ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । […]