ओली सरकारले नेपालको वामपन्थी आन्दोलनलाई बदनाम गर्ने तथा समाजवाद उन्मुख संविधान विपरीत गरेका कामको सूची बनाउँदा धेरै लामो हुन्छ । कृषि क्षेत्रमा मात्रै उनले दर्जनौं संविधान विपरीतका हर्कत गरे । यसको एउटा उदाहरण भूमि बैंकको अवधारणा हो । खाद्य सम्प्रभुताको संवैधानिक हक, बीस वर्षे कृषि विकास रणनीति तथा नेपाली किसान आन्दोलनका जगमा स्थापित थुप्रै उपलब्धिलाई सिध्याउने षडयन्त्रका साथ यो एजेण्डामार्फत् ओली सरकारले नवउदारवाद र साम्राज्यवादको दलाली गर्यो । त्यसैले भूमि बैंक कार्यक्रमको सर्वत्र विरोध भएको छ