काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण सम्पन्न गरेको छ ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियानअन्तर्गत देशभर रहेका ३१ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष ०७७/७८ मा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडर, उत्कृष्ट ५ सिनियर एजेन्सी म्यानेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखालाई सम्मान गरियो ।
कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरको उपस्थिति थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ ।
कार्यक्रममा सहभागी मुख्य अतिथि डा. सन्दुक रुइतले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव नभएको बताए । उनले उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरलाई प्रेरित गरे । सिटिजन लिडरको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ अग्रणी रहेको दाबी गरे ।