पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो ।
अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंक (११.७८ अंक)ले घटेको छ । यो वृद्धिसँगै समग्र नेप्से परिसूचक २ हजार ८ सय २२.८३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४२ प्रतिशतले कम हो ।