साइबर अपराधका मुद्दा दर्ता काठमाडाैं अदालतमा सीमित भयाे : आईजीपी सिंह
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडाैं जिल्ला अदालतमा सीमित रहेकाे र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् ।
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् । साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए । नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन कार्यक्रममा आइजिपी […]