काठमाडौँ। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौँमा गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन्।