काठमाडौं : स्थानीय तहको चुनावी सुरक्षालाई मध्यनजर गरी कास्कीमा पर्यटन व्यवसाय सम्बद्ध व्यवसायहरु सञ्चालन गर्ने समय तोकिएको छ।शुक्रबार बसेको कास्की जिल्ला समन्वय समितिको बैठकले पर्यटन व्यवसायमा सम्बद्ध व्यवसायसहित रात्रीकालीन मनोरञ्जनात्मक व्यवसाय वैशाख २५ गते आइतबारदेखि २८ गतेसम्म राति ११ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो।वैशाख ३० गते मतदानका दिन भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।