बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन्। स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘समृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पूरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ।स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएका थि