भारतको पश्चिम बंगालमा राज्यमा विधानसभा निर्वाचन चलिरहँदा भारतीय जनता पार्टीका एक कार्यकार्ताकी वृद्धा आमामाथि कुटपिट गरिएपछि मृत्यु भएको छ ।
शोभा मजुमदार नामक ती वृद्धा ८५ वर्षकी थिइन् ।
एक महिनाअघि भाजपा कार्यकर्ताको घरमा तृणमूल कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसक्रममा मजुमदारलाई गम्भीर चोटपटक लागेको थियो ।
वृद्धाको मृत्युपछि भाजपा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि थप आक्रामक भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै वृद्धाको मृत्युमा शोक व्यक्त गरे अनि ममतालाई यो घाउ ...